दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : निबन्ध भावना वा विचारको लेखन हो । यसमा लेखकको निजी अनुभूति व्यक्त हुन्छ । निबन्धमा कुनै…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
निबन्ध भावना वा विचारको लेखन हो । यसमा लेखकको निजी अनुभूति व्यक्त हुन्छ । निबन्धमा कुनै विषयमाथि विचारको क्रमबद्ध प्रस्तुति हुन्छ । निबन्ध गद्य भाषामा लेखिने सङ्कथन हो । यसमा कुनै पनि विषयमाथि सूचना, विचार वा अनुभूतिको सङ्गठित र क्रमिक अभिव्यक्ति हुन्छ । निबन्धको मुख्य अर्थ कुनै विषयमा वाँधिएको भनिए पनि यो वन्धनरहित लेखन हो । आख्यान, नाटक र कवितासका तुलनामा निबन्ध स्वतन्त्र विधा हो । कुनै पनि विषयमा आत्मनिष्ठ वा वस्तुनिष्ठ भएर मनमा लागेका विचार र अनुभूतिको सिलसिलेवार गद्य लेखन गर्दा निबन्धको रचना हुन्छ । निबन्धमा मूलतः स्रष्टा वा लेखककोे निजीपन समेटिएको हुन्छ । आत्मपरक निबन्धमा निबन्धकारका भोगाइका पाटा प्रस्तुत हुन्छन् भने वस्तुपरक निबन्धमा विषयको वस्तुपरक दृष्टिकोण र सूचनामूलकता बढी हुन्छ । निबन्धमा स्रष्टाले आफू वरिपरिको जीवन र समाजसँग विचारको प्रवाह प्रस्तुत गरेको हुन्छ । तसर्थ निबन्ध स्रष्टाको निजीपन बोकेको वैचारिक लेखन हो ।
प्रश्नहरू
(क) निबन्धमा केको अभिव्यक्ति हुन्छ ?
(ख) निबन्धको रचना कसरी हुन्छ ?
(ग) वस्तुपरक निबन्धमा कस्ता विषयवस्तु रहेका हुन्छन् ?
(घ) निबन्धलाई स्वतन्त्र रचना भनिनुको कारण के हो ?
