दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
प्राचीन ऋषिमुनिले अनेकौँ सभ्यता, संस्कृति, पूर्वीय दर्शन र ज्ञानको ज्योति संसारभर फिँजाए र मेरो देशको शिक्षालाई आलोकित गरे । वेदव्यासमा ज्ञानको स्फुरण यहीँ भयो र उनले अठार पुराणको रचना गरे । राजा जनकको दरवारमा याज्ञवल्क्य, गार्गी, मैत्रेयी जस्ता विद्वान् विदुषीले शास्त्रार्थ गरेर जीवन र जगत्का यथार्थ र रहस्यका पाटा उजागर गरे, ज्ञानको तिखाले आकुलव्याकुल भएर घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे । फाल्गुनन्दले किरात समुदायमा आफ्नो संस्कृतिको उत्थान र संवर्धन गर्न प्रेरणा दिने अनि समाजमा चेतना र जागरण फैलाउने मुन्धुम जस्तो ग्रन्थ रचना गरे । यसरी मेरो देशको शिक्षाको प्रवर्धनमा पराधूर्वकालदेखि विभिन्न ऋषि महर्षि र विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।
प्रश्नहरू
(क) 'मेरो देशको शिक्षालाई आलोकित गरे' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कित 'दरबारमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'विद्वान्ले विशिष्ट योगदान दिएका छन् ।' यस वाक्यबाट उद्देश्य र विधेय पहिचान गरी लेख्नुहोस् ।
(घ) 'घरपरिवार त्यागेका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गरी लेख्नुहोस् ।
