दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : बगेर आएको पानी जमेर बनेको यो ताल सुन्दर छ । यहाँको पानी पिउन योग्य छ । यहाँको पानी…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
बगेर आएको पानी जमेर बनेको यो ताल सुन्दर छ । यहाँको पानी पिउन योग्य छ । यहाँको पानी प्रशोधन गर्न जरुरी छैन । हाम्रो मुलुक भूपरिवेष्टित भए पनि पानीका यस्ता स्रोत पर्याप्त छन् ।
(क) 'जल' को पर्यायवाची शब्द………..हो ।
(ख) 'अयोग्य' को विपरीतार्थक शब्द………..हो ।
(ग) अनेकार्थी शब्द ……….. हो ।
(घ) 'चारैतिरबाट जमिनले घेरिएको' पदावलीले जनाउने सिङ्गो शब्द………..हो ।
