दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : सन्दुक रुइत आँखाको डाक्टर भएपछि मोतीविन्दुको शल्यक्रियामा सक्रिय भए । शल्यक्रिया गर्ने प्रविधि…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :
सन्दुक रुइत आँखाको डाक्टर भएपछि मोतीविन्दुको शल्यक्रियामा सक्रिय भए । शल्यक्रिया गर्ने प्रविधि पुरानै थियो । जुन प्रविधिबाट मोतिविन्दुको उपचार गरिन्थ्यो त्यसबाट बिरामीलाई पीडाबोध मात्र नभई रोग बल्झिने समस्या पनि हुन्थ्यो । आँखामा लेन्स राख्ने पद्धति निकै महँगो थियो । बिरामीले उपचार र शल्यक्रियापछि पनि बाक्लो सिसा भएको चस्मा लगाउनुपथ्र्यो । रुइत सरल र सस्तो पद्धतिबाट आँखा रोगीको उपचार गर्न चाहन्थे । त्यसैले समूह बनाएर ठाउँ ठाउँमा पुगेर आँखा उपचारमा सहभागी हुँदै शल्यक्रिया र अनुसन्धान गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । यो प्रविधि सबैभन्दा सस्तो र भरपर्दो साबित भयो । यही प्रविधि अन्तर्राष्ट्रिय जगत्मा नेपाली प्रविधि अर्थात् रुइतेक्टोमीका रूपमा विश्वभरि चर्चित छ ।
