दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् : शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ । यो…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिप्नुहोस् :
शिक्षालाई मानव जातिको तेस्रो आँखा मानिन्छ । यसलाई हाम्रो भित्री हृदयको नयन पनि भनिन्छ । यो हाम्रा बाहिरी आँखा अथवा चर्मचक्षुभन्दा पृथक, महान् र तेजवान छ । हामीसँग भएको यही ज्ञानचक्षुबाट हामीले शिक्षा आर्जन गर्छौँ अर्थात् कुनै कुरा सुन्छौँ र सिक्छौँ । समाज र प्रकृतिमार्फत सैद्धान्तिक र व्यावहारिक ज्ञान निरन्तर आर्जन गरिरहन्छौँ । प्रकृति, संस्कृति र सभ्यताका दृष्टिले सृष्टिको उषाकालदेखि सुसम्पन्न मेरो देश आज शिक्षाका दृष्टिले समेत प्रगतिपथतर्फ लम्कँदो छ । शिक्षाले नै मानवलाई सम्मान, खुसी र सुखपूर्वक जिउने ज्ञान र सिप प्रदान गर्छ । यसले समाज र राष्ट्रमा प्रचलित मान्यता र विश्वासलाई मानवताका आँखाले हेर्ने र तिनका बारे समालोचनात्मक चिन्तन गर्ने सोच प्रदान गर्छ ।
