दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : वर्तमान समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । त्यसैले अब हाम्रो संस्कृति पाप,…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
वर्तमान समाज वैज्ञानिक चिन्तनतर्फ उन्मुख हुँदै गइरहेको छ । त्यसैले अब हाम्रो संस्कृति पाप, पुण्य, स्वर्ग, नर्क आदिका आधारमा निर्धारित हुनुहुँदैन । अब पापको हाउगुजीमा मात्र संस्कृति बाँच्दैन । अब त विज्ञानका सापेक्षतामा मानिसका आवश्यकता, खुसी, सुखी र मनोरञ्जनका रूपमा संस्कृतिलाई ग्रहण गरिन्छ । अहिले विज्ञानको सापेक्षतामा नै जीवनको व्याख्या हुन्छ । विज्ञान सत्य र तथ्यमा आधारित हुन्छ र यसले प्रामाणिकतामा विश्वास गर्छ । कुनै कुराको अवलोकन, जाँच र पारखका आधारमा मात्र सत्यनजिक पुगिन्छ भन्ने मान्यता विज्ञानको छ । तसर्थ अबको संस्कृति विज्ञानभन्दा पर रहन सक्दैन । हिजो हामीले मानेका कतिपय कुरा आज अन्धविश्वासमा परिणत भएका छन् । त्यसैले अबको संस्कृति अनुमान र अन्धविश्वासमा होइन, मानव हितका लागि विज्ञानसम्मत हुन आवश्यक छ । यसप्रति हामी सबै सचेत बन्नु जरुरी छ ।
प्रश्नहरू
(क) परम्परागत संस्कृतिका आधार के के हुन् ?
(ख) वर्तमान समाजले संस्कृतिलाई कुन रूपमा ग्रहण गर्न थालेको छ ?
(ग) विज्ञानले किन तथ्यमा विश्वास राख्छ ?
(घ) हाम्रो संस्कृतिको संरक्षण र संवर्धन कसरी गर्न सकिन्छ ?
