दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : तपाईँ नै भन्नुहोस् न, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिइरहन्,…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
तपाईँ नै भन्नुहोस् न, को पर्खेको छैन ? कहाँ पर्खाइ चल्दैन ? त्यसैले दार्शनिक जति घोत्लिइरहन्, वैज्ञानिक जति घोट्टिइरहन्, मलाई त लाग्छ, बाँच्नुको पर्याय नै पर्खनु हो । सोभैँ कुरा गरूँ भने पनि हेर्नोस्, दसौँ महिना आमाको गर्भमा गुँडुल्किएर नपर्खी तपाईँले सूर्यदर्शनको साइत फेला पार्नुभएन । यसरी नजन्मेदेखि पर्खँदै आउनुभएको तपाईँले किशोर भएपछि विद्यालयमा कैयौँ दिन शिक्षकलाई पर्खनुभयो । त्यसैले पर्खाइबाटै सुरु भएको हाम्रो जिन्दगी यता र उता, यसलाई र उसलाई पर्खँदा आज कताबाट यहाँ आइपुगेको छ ।
प्रश्नहरू
(क) 'कहाँ पर्खाइ चल्दैन ?' यस वाक्यलाई करणमा परिवर्तन गर्नुहोस् ।
(ख) अनुच्छेदमा रेखाङ्कित 'विद्यालयमा' शब्दको कारक र विभक्ति पहिचान गरी लेख्नुहोस् ।
(ग) 'तपाईँले सूर्यदर्शनको साइत फेला पार्नुभएन ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
(घ) 'तपाईँ किशोर भएपछि विद्यालयमा कैयौँ दिन शिक्षकलाई पर्खनुभयो ।' यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस् ।
