Logo

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : खुसी घाँटीमा नै अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो ।…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

खुसी घाँटीमा नै अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । मैले आमालाई गम्लड्ड अँगालो हालेँ । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकै बेरसम्म अँगालोमै बेरिइरहेँ । मेरो हिक्क भनन् भनन् बढेर आयो ।

प्रश्नहरू

(अ) 'म' पात्र आमाको अँगालोमा बाँधिएर किन हिक्क हिक्क गरिन् ?

(आ) कथांशमा म पात्रको कस्तो अवस्थालाई चित्रण गरिएको छ ?

(ख) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

सादा जीवन, उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत सावित गरिदिएका छन् । नेपालमै बसेर संसारभरका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।

प्रश्नहरू

(अ) स्वदेशमै बसेर जीवन सार्थक पार्न के गर्नुपर्छ ? अनुच्छेदका आधारमा लेख्नुहोस् ।

(आ) सन्दुक रुइतबाट के प्रेरणा पाउन सकिन्छ ? माथिको अंशका आधारमा लेख्नुहोस् ।

Solution

Please login to view the answer.