(क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्: नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन…
Class 12 Nepali · 2081 · Solved Question with Answer
(क) दिएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:
नयाँ संविधान जारी भएपछि त्यसअनुसार पुराना ऐन पनि फटाफट संशोधन हुँदै छन्। कानुनी राज र विधिको शासन भएन भने शासनप्रतिको जनताको विश्वास ह्वात्तै घट्छ।
(ख) दिएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस्:
कोरोना जस्तो भाइरसको आक्रमणमा परी कयौँ मान्छेले जिब्रो टोकेपछि अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ हामी सामान्य ज्वरो र रुघाखोकीमा पनि तर्सिने भइसकेका छौँ। हुन त कोरोनाले ग्रस्त बनाएकालाई आफू नमरी स्वर्ग देखिँदैन भने जस्तै विश्वास नहोला तर पनि महामारी र सङ्क्रामक रोगका बारेमा सबैले कान ठाडो पार्नु नै पर्छ।
