दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : जिज्ञासा नै ज्ञानको बीज हो । जिज्ञासा वृत्तिलाई…
Class 12 Nepali · 2082 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् :
जिज्ञासा नै ज्ञानको बीज हो । जिज्ञासा वृत्तिलाई विकसित गर्नु र त्यसमा उत्तम संस्कारको स्थापना गर्नुमा नै शिक्षाको उपयोगिता रहेको हुन्छ । यसै कारणले जुन शिक्षाले मानवमा सद्वृत्तिको जागरण गर्दैन, जसले मानवलाई भोगप्रधान प्रेयोमार्गबाट कल्याणप्रधान श्रेयोमार्गतर्फ लग्दैन, मानव मनमा पसेर मानवलाई एक श्रेष्ठ जीवनस्वप्नले भरिदिँदैन । त्यो शिक्षा होइन, साक्षरता मात्र हो । आज यस किसिमको साक्षरता नै संसारका अनेक जटिल समस्याको कारण बन्न पुगेकोछ । यस कारण शिक्षा हाम्रो धर्म र संस्कृतिको अनुकूल हुनैपर्छ । विद्यार्थीले विद्यालयमा मात्र सबै कुरा सिक्छन् भन्नु ठुलो भुल हुन जान्छ । बालक परिवारमा, बाटोमा, मित्रसम्पर्कमा र सर्वत्र केही न केही सिकिरहेको हुन्छ । ऊ आफ्ना मातापिता, बन्धुबान्धव, साथीसङ्गाती, परिचित, अपरिचित मानिसको व्यवहारबाट पनि धेरैथोर सिकिरहेको हुन्छ । यस कारण समाजको वातावरण दूषित हुनु हुँदैन । समाजको वातावरणको परिष्कार गर्नु अत्यन्त आवश्यक छ । यसका लागि अर्थप्रधान जीवनदृष्टिका ठाउँमा कर्तव्यप्रधान जीवनदृष्टिको स्थापना अत्यन्त आवश्यक छ । कर्तव्यप्रधान जीवनदृष्टिको निर्माण संस्कृतिमूलक शिक्षाबाट हुने गर्दछ । यस्तो शिक्षाबाट मानव असल त हुन्छ नै साथै सफल पनि हुन्छ ।
