Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : खगोल विज्ञान विश्व वैज्ञानिक इतिहासमा प्राचीन विज्ञानका रूपमा स्थापित छ । अहिले खगोल विज्ञानका…

Class 12 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : 

खगोल विज्ञान विश्व वैज्ञानिक इतिहासमा प्राचीन विज्ञानका रूपमा स्थापित छ । अहिले खगोल विज्ञानका क्षेत्रमा धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त भइसकेका छन् । यसतर्फको वैज्ञानिक अध्ययन अहिले ज्ञात ब्रह्माण्डीय पिण्डभन्दा पनि अज्ञात ग्रह तथा पिण्डको रहस्य खोतल्न लक्षित भएको छ । अहिलेका खगोलविद्हरू ब्रह्माण्ड निर्माणको भौतिक तथा रासायनिक प्रक्रियाको अध्ययनमा जुटेका छन् । खगोल विज्ञानको इतिहास केलाउने हो भने हामीले प्राचीन सभ्यतामा पुग्नै पर्छ । उत्पत्तिकालदेखि नै मानव जातिले ग्रह तथा आकाशीय पिण्डहरूका विषयमा जानकारी राख्न गरेको प्रयासलाई खगोल अध्ययनको पहिलो प्रहर मान्न सकिन्छ । ग्रहहरूको प्रक्रिया, जलवायु वा मौसमको परिवर्तन यी सबै प्रागमनवका प्रारम्भिक जिज्ञासाहरू थिए । प्राचीन मिश्रका नागरिकहरूले प्रत्येक वर्ष बाढी आउनुपूर्व आकाशमा नक्षत्र एक निश्चित स्थितिमा हुन्छ भन्ने पत्ता लगाए । यो पर्यवेक्षण नै प्रमाणयुक्त खगोल अध्ययनको पहिलो पाइला थियो । यो खोजपछि नै उनीहरूलाई नक्षत्रयुक्त आकाशको मानचित्र बनाउन सफलता मिल्यो । फलतः मिश्रवासीहरू यसकै आधारमा पञ्चाङ्ग निर्माण गर्न सफल पनि भए र उनीहरूले नै एक वर्षमा ३६५ दिन हुन्छ भन्ने पत्ता लगाए । सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी आजको आधुनिक खगोल विज्ञानमा सहज बनिसकेको छ । प्राचीन बेबिलोनवासीहरू ग्रह तथा नक्षत्रको अध्ययन गरी सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी गर्न पहिलोपल्ट सफल भएका थिए । वर्षलाई महिना, सप्ताह, दिन, घण्टा र मिनेटमा बाँड्ने प्रक्रिया पनि बेबिलोनबाटै प्रारम्भ भएको हो । उनीहरूको सोचाइ थियो - आकाश ठुलो चाल्नी जस्तै छ जसमा असङ्ख्य छिद्रहरू छन् र यिनै छिद्रहरूबाट पृथ्वीमा वर्षा हुन्छ ।

प्रश्नहरू :

(क) अहिले खगोल वैज्ञानिकहरू कुन कुराको अध्ययनमा केन्द्रित छन् ?

(ख) प्रमाणयुक्त खगोल अध्ययनको पहिलो पाइला के थियो ?

(ग) बेबिलोनवासीहरू सूर्य तथा चन्द्रग्रहणको भविष्यवाणी गर्न कसरी सफल भए ?

(घ) वर्षमा ३६५ दिन हुन्छ भन्ने कुरा के आधारमा पत्ता लाग्यो ?

(ङ) मानव जातिको कस्तो प्रयासलाई खगोल अध्ययनको पहिलो प्रहर मान्न सकिन्छ ?

Solution

Please login to view the answer.