कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया…
Class 12 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
आजको अभिभावक सामाजिक र राष्ट्रिय उत्तरदायित्वसमेत वहन गर्न सक्ने हुनुपर्दछ । शिक्षालाई मेरूदण्ड मानी शिक्षित र स्वावलम्बी जनशक्तिको उत्पादन गर्दै औद्योगिक र व्यावसायिक परिवेश निर्माण गर्न सामर्थ्यशील हुनुपर्दछ ।
(ख) दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्वित्व व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्वित्व व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
गर्मी बढेसँगै लामखुट्टे फैलिने हुनाले सरसफाइमा ध्यान दिनुपर्छ भनेर नीलाम्बरले आजभोलि गाउँगाउँमा सूचना गरिरहेको छ । यस्ता कुरा बुढापाका व्यक्तिहरूलाई जानकारी गराउनुपर्छ । लामखुट्टेले रातदिन टोकटाक गर्दै रोगसोग सार्ने जोखिम प्रबल हुन्छ । हामीले आफ्नो घरआँगनलाई सफा राखी यसबाट बच्नु आवश्यक छ ।
