Logo

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : कुनै पनि देशको मुख्य परिचायक तत्त्व भनेको संस्कृति हो…

Class 12 Nepali · 2083 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : 

कुनै पनि देशको मुख्य परिचायक तत्त्व भनेको संस्कृति हो । नेपाल पनि आफ्नै मौलिक संस्कृतिका कारण विश्वमा सबैतिर चिनिएको छ । नेपाल बहुजातीय र बहुसांस्कृतिक देश हो । नेपालमा बसोबास गर्ने सबै जातिका आआफ्नै संस्कृति छन् । खस, नेवार, राई, गुरुङ, तामाङलगायत सबै जातिका आआफ्नै संस्कृति छन् । सर्वप्राचीन वैदिक संस्कृतिको आधारभूमि र संसारमै लोकप्रिय बनेको बौद्ध संस्कृतिको उद्गमस्थल नेपाल नै हो । नेपाली संस्कृतिमा म खाऊँ, म लाऊँको स्वार्थी भावना नभई सबै निरोगी र खुसी होऊन् अनि सम्मानपूर्वक बाँच्न पाऊन् भन्ने उच्च मानवीय भाव रहेको छ । नेपालमा रहेका सबै जातिका संस्कृतिको साझा विशेषता चाहिँ प्रकृतिलाई कुनै न कुनै रूपमा पूजा गर्नु हो । यस्तै आमाबुबा, पाहुना र गुरुलाई देवता मान्ने संस्कृति नेपालको साझा संस्कृति हो । राम्रो संस्कृतिका कारण नेपालीहरू समाजमा वन्दनीय, आदरणीय र स्मरणीय बनिरहेका छन् । उन्नत संस्कृति सूचक प्रगति सद्भाव हो । यसले मानिसमा सन्तुष्टि प्रदान गर्छ ।

Solution

Please login to view the answer.