Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :…

Class 12 Nepali · 2083 · Solved Question with Answer

 कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : 
(क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
परपीडकहरू पेसाविहीन भएर डिच्च परेको बेला इमानदार नेपालीहरू भने स्वरोजगारीसहित आत्मनिर्भर भएकामा फुरुङ्ग थिए । उनीहरू थोरै पुँजी पनि साना उद्योगमा खुरुखुरु परिचालन गर्न सक्रिय बनेका थिए ।

(ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
हुने विरुवाको चिल्लो पात बनेर ऊ सानैदेखि समाजमा अनुशासित व्यक्तिका रूपमा चिनिएको थियो । ठुलो भएपछि पनि ऊ सधैँ समाजमा नाक राख्नुपर्छ भन्दै दिन काट्न भेला भएका गाउँका मानिसलाई सद्भावसहित सल्लाह दिन्थ्यो । सल्लाह नसुनी कानमा तेल हालेर बसेकालाई ऊ खोलो तर्नु लौरो बिर्सनु गऱ्यो भने अन्ततः पीडा भोग्न बाध्य भइन्छ भन्दै सम्झाउँथ्यो ।
Solution

Please login to view the answer.