Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको कथांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : "याडुजी त्यो दुर्घटनामा कमल नबितेको भए…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क) दिइएको कथांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

"याडुजी त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ । अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एक्लो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाविना बिताएको यो १९ वर्षले बोध गराएको छ । म बुभ्छु तिम्रो मनस्थिति । तिमी उनीसँग भावी जीवन बिताउन तयार छ्यौ भने मैले रोक्ने कुरै छैन तर एउटा सर्त छ ।" आमाले अगिपछि भन्दा मसिनोसँग भन्नुभयो ।

प्रश्न

(अ) सासु र बुहारीको सम्बन्धलाई कसरी प्रस्तुत गरेको छ ? कथांश र कथाका आधारमा समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

किन बस्ने यहाँ ? एक गाँस खानाका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौँला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाऔँला । एक गेडा मकैं भए पनि आफ्नै मातामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर बस्नुपर्छ र ? कहाँ आफ्नो चाडबाड, पर्वमेला, तीर्थव्रत सब छाडेर अर्काको क���ारो भएर बस्ने ?

प्रश्न

(अ) 'घरको माया' एकाङ्कीमा देशप्रेमको भावनालाई कुन रूपमा चित्रण गरिएको छ ? माथिको अंश र पाठका आधारमा समेत चर्चा गर्नुहोस् ।

Solution

Please login to view the answer.