कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :
(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् । देवकोटाको देहावसान पछि वि.सं.२०२३ मा नेपाल प्रज्ञा प्रतिष्ठानले देवकोटालाई मरणोपरान्त 'त्रिभुवन पुरस्कार' प्रदान गरी सम्मानित गन्यो । महान् कवि एवम् विलक्षण प्रतिभाशाली देवकोटाले जनस्तरबाटै महाकविको पदवी पाए ।
प्रश्न :
(अ) नेपाली साहित्यका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटाले दिएको योगदानको चर्चा गर्नुहोस् ।
OR
(ख) दिइएको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिस चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन्यापक्षका बुढापाकाले भने, "त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छाड्थे । तब पो मानिस कुलघरान भन्छन् ।"
प्रश्न :
(अ) 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी दर्साइएको छ ? समीक्षा गर्नुहोस् ।
