कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : अरुणा लामा जन्म मिति : वि.सं. २००२ साल…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : अरुणा लामा
जन्म मिति : वि.सं. २००२ साल भाद्र २४ गते
जन्मस्थान : दार्जिलिङ, भारत
विशेषता :
– प्रसिद्ध गायिका, स्वरमा सुकोमलता र मधुरता
– गायनमा अन्तर्मनको मर्म र करुणा प्रतिध्वनित
– भावमय र कारुणिक स्वर
– जातीय सचेतना र मानवीय संवेदनाको उत्कर्ष
– सङ्ख्यात्मकभन्दा गुणात्मक गायनमा जोड
सम्मान : स्वर किन्नरीका रूपमा सम्मानित 'कान्छी' नामक चलचित्रका लागि उत्कृष्ट गायिका
पुरस्कार : 'छिन्नलता' पुरस्कार, 'उर्वशी' चलचित्र पुरस्कार, भारतको 'दिसारी' पुरस्कार
मृत्यु : वि.सं. २०५४ माघ २२ गते
OR
(ख) परीक्षाको अघिल्लो रात आफ्नो मनमा उत्पन्न भएका भावहरू समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।
