कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : भैरव अर्याल जन्म मिति : वि.स. १९९३ साल असोज…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : भैरव अर्याल
जन्म मिति : वि.स. १९९३ साल असोज ५ गते
जन्मस्थान : कुपन्डोल, ललितपुर
शिक्षा : एम.ए. सम्मको औपचारिक शिक्षा हासिल
पहिलो रचना : 'खोलापारिका पुरेत बाजे'
प्रकाशित कृतिहरू : काउकुती, जयभुँडी, गलवन्दी, इतिश्री र दस औतार
प्रवृत्ति र विशेषता :
– नेपाली साहित्यका कथा, कविता, समालोचना, हास्यव्यङ्ग्य निबन्ध आदि विधामा सक्रिय रूपमा कलम चलाएका
– हास्य र व्यङ्ग्यको मिश्रण गरी उत्कृष्ट निबन्ध सिर्जना गरेका
– देशभक्ति, समाज सुधार र मानवतावादी चिन्तनलाई निबन्धमा व्यक्त गरेका
– मानिसका खराब आचरण र दुर्व्यवहारप्रति तिखो व्यङ्ग्य प्रहार गरेका
– समय सापेक्ष रूपमा सटिक र मार्मिक निबन्ध लेखेका
मृत्यु : वि.स. २०३३ असोज १९ गते गोकर्ण, काठमाडौँ
OR
(ख) एसइई परीक्षा सुरु हुने अघिल्लो रात मनमा उठेका विचार समेटी एउटा मनोवाद लेख्नुहोस् ।
