कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : बाबुको स्थानमा मुरलीधर बस्न…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) दिइएको कथ्यांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटा परस्पर कानेखुसी गर्न थाले । मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए । उनलाई कन्यापक्षका धेरै मानिसले चिन्थे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्षदिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन���यापक्षका बुढापाकाले भने, "त्यस्ता महापुरुषका सन्तान आफ्नो कर्तव्य किन छोड्थे । तव पो मानिस कुलघरान भन्छन् ।"
प्रश्न
(अ) 'कर्तव्य' कथामा नेपाली समाजको वास्तविकतालाई कसरी प्रस्तुत गरिएको छ ? समीक्षा गर्नुहोस् ।
OR
(ख) दिइएको कवितांश पढी सोधिएका प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
प्रिय सम्पादक !
फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईँ
वम वर्षका खबरहरू
बालिग मताधिकारका कुराहरू
साहित्यिक आन्दोलनका इतिहासहरू
अन्तरिक्ष यानका गतिविधिहरू
तपाईँले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !
तपाईँलाई नगारिकताको प्रमाणपत्र बाँड्ने देशको जन्मदाता यो गाउँ !
अहिले पनि यो
ढिकीच्याउँ ढिकीच्याउँ !!
एउटा खुट्टो उचालेर ढिकीमा उभिइरहेकै छ ।
प्रश्न
(अ) 'गाउँमाथि एउटा कविता' कवितामा ग्रामीण जनजीवनको कस्तो चित्र उतारिएको छ ? समीक्षा गर्नुहोस् ।
