कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : को बस्छ यो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
को बस्छ यो ठाउँमा ? अघाइयो । मलाई त यहाँ जे पनि गन्हाउने पो हुन लाग्यो । खान थाल्यो भुटुन गन्हाउने, पिउन थाल्यो पानी गन्हाउने, रेल गन्हाउने, यो त ठाउँ नै गन्हाउने पो रहेछ । आफ्नो गाउँमा त भकारोकै छेउमै गुन्द्री हालेर सुत्दा पनि गन्हाउँदैनथ्यो । मलकै भारी पनि गन्हाउँदैनथ्यो । फेरि तातो पानी, तातो हावा, यस्तो दुःख खाएर को बस्न सक्छ यहाँ ?
प्रश्न
(अ) बतासे परदेशमा किन अघाइन् ? 'घरको माया' एकाङ्कीका आधारमा विवेचना गर्नुहोस् ।
OR
(ख) दिइएको जीवनीको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :
सादा जीवन उच्च विचार र मानव सेवामा समर्पित भएका कारण रुइत आफ्ना सपना पूरा गर्न सफल भएका हुन् । सफल र लोकप्रिय बन्न विदेशै जानुपर्छ भन्ने सोचलाई रुइतले गलत साबित गरिदिएका छन् । नेपालमै बसेर संसारभरिका मानिसको सेवा गर्न र जीवनलाई सार्थक बनाउन सकिन्छ भन्ने कुराका लागि रुइतको जीवनी अनुपम दृष्टान्त हो । धैर्य, साहस, दृढ इच्छाशक्ति र सङ्घर्षबाट मानिस आफ्नो लक्ष्यमा पुग्न सक्छ भन्ने कुराको प्रेरणा उनको जीवनीबाट पाउन सकिन्छ ।
प्रश्न
(अ) सन्दुक रुइतले कसरी आफ्नो जीवनलाई सार्थक बनाए ? समीक्षा गर्नुहोस् ।
