Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् : कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कथांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

कृष्ण रायले धेरैसँग सङ्गत गरेनन् तर जतिसँग सङ्गत गरे सबैलाई तिनीसँग 'बापवैरी साँध्ने कुनै न कुनै निहुँ दिए । कस्तो अचम्म, निर्दोष कुरामा पनि विषालु साँप जस्तो वैरी बनाउने साधन लुकिरहेको देखिन्छ । भोलिपल्ट यस घटनाको जाँच कृष्ण रायले गम्भीर भएर उत्तर दिए "रामे, केदार, युवक, गोविन्द पण्डित, कन्नैया, बुधे, लीला, पुष्पराज' रामचन्द्र परिजुली ………. ।"

प्रश्न

(अ) कृष्ण रायका मनमा उत्पन्न मानसिक उतारचढावलाई 'शत्रु' कथाका आधारमा समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

हामी दुवै चाहन्छौं, एउटा यस्तो दुनियाँ सिर्जना गरौं जहाँ कसैले कसैलाई कुराले म��त्र टार्न नसकोस् । फुल्याएर फुल्याउने, लर्काएर पर्खाउने यस्तो जालेमाले परम्परा नहोस् तर समस्या त उही हो, जतिसुकै बलियासँग चाहे पनि हाम्रो यो चाहना चाहनेबित्तिकै पूरा हुँदैन पर्खनुपर्छ । त्यसैले त म लस्याङलुसुङ गरेर भए पनि घरी यता धाउँछु घरी उता धाउँछु, घरी यता हुन्छु, घरी उता हुन्छु, जम्म्याङजुम्सुङ गरेर भए पनि पर्खिरहेछु र तपाईँलाई पनि भन्दै छु, पर्खनुदेखि पट्याउनु पलायनवादिता हो ।

प्रश्न

(अ) 'पख्नोस्' निबन्धमा नेपाली समाजका विकृत पक्षमाथि गरिएको व्यङ्ग्यलाई समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.