कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : देवकोटाको साहित्यिक यात्रा विचार र…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) दिइएको जीवनीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
देवकोटाको साहित्यिक यात्रा विचार र सिर्जनात्मक प्रवृत्तिका दृष्टिले पनि आरोह अवरोहपूर्ण रह्यो । सुरुमा संसारलाई घनघोर दुःख सागर ठान्ने देवकोटाले मानव सेवालाई धर्म र कर्मलाई ईश्वरको पूजा ठान्दै 'भिखारी' कवितामा मानवतावाद र कर्मवादको शङ्खनाद गरे ।
प्रश्न
(अ) लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका क्षेत्रमा दिएको योगदानको समीक्षा गर्नुहोस् ।
OR
(ख) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
किन बस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइको गरौँला । जति पसिना बहाउनुपरे पनि आफ्नै घरबारीमा बहाओँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सबैको हेलाहाँसो भएर म त बस्दिनँ यहाँ ।
प्रश्न
(अ) 'घरको माया' एकाङ्कीमा वतासेद्वारा कस्तो देशप्रेमको भावना प्रस्तुत गरिएको छ ? माथिको अंश र पाठका आधारमा समीक्षात्मक उत्तर लेख्नुहोस् ।
