कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : कुनै वनमा धेरै परेवा बस्नु.........वनको नजिकै…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै वनमा धेरै परेवा बस्नु.........वनको नजिकै किसानको खेत हुनु......परेवा सधैँ खेतमा गई धान खाने गर्नु.......किसानले परेवालाई जाल थाप्नु.........परेवामध्ये बुढो परेवाले जाल देख्नु.......उसले अरू परेवालाई सतर्क गराउनु ........बुढो परेवाबाहेक अरू सबै जालमा पर्नु.......जालमा परेका परेवाले पछुताउँदै जालबाट बचाउने जुक्ति निकाल्न बुढो परेवालाई अनुरोध गर्नु.......किसान आएर जाल फिर्क्ता सबैले मरे जस्तै गर्नु र जाल फिर्केपछि सबै एकै साथ उड्नु भन्ने सल्लाह दिनु.....बुढो परेवाको सल्लाहअनुसार सबै परेवाले त्यसै गर्नु......सबै परेवा बाँच्नु ।
OR
(ख) वडास्तरीय खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा तपाईँका मनमा उठेका भावना समेटी एउटा मनोवाद लेख्नुहोस् ।
