कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको निबन्धांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : आधुनिक चिकित्सा विज्ञानको पर्यायका…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :
(क) दिइएको निबन्धांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
आधुनिक चिकित्सा विज्ञानको पर्यायका रूपमा मान्ने गरिएको एलोप्याथिक औषधीको जस्तो पार्श्वप्रभाव नहुने र शरीरबाट रोगलाई पूर्णतः निर्मूलीकरण गरिने आयुर्वेदिक चिकित्सा पद्धितप्रति मानिसको आकर्षण बढेको छ । 'निरोगी जीवन सुखी जीवन' को सपना साकार पार्न आयुर्वेदिक चिकित्साको प्रयोग आजको आवश्यकता र समयको माग बनेको छ ।
प्रश्न
(अ) रोग नियन्त्रण गर्न र पार्श्वप्रभावबाट बचाउन आयुर्वेद चिकित्सा पद्धति किन प्रभावकारी मानिन्छ ? विवेचना गर्नुहोस् ।
OR
(ख) दिइएको कथांशको आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
खुसी घाँटीमा अड्किए जस्तो भयो । बोल्नै गाह्रो भयो । ���ैले आमालाई गम्लङ्ङ अँगालो हालेँ । आमाको छातीबाट न्यानो प्रसार भएर मेरो भित्र हृदयमा पुग्यो । म निकैबेरसम्म अँगालोमै बेरिइरहेँ । मेरो हिक्क भन् भन् बढेर आयो । आमासँगको मातृवात्सल्यको अभिनव आयाममा म प्रेमको महासागरमा डुबिरहेकी थिएँ ।
प्रश्न
(अ) 'आयाम' कथाले नेपाली समाजको कस्तो विषयवस्तु उठान गरेको छ ? समीक्षा गर्नुहोस् ।
