Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

मेरो देशको शिक्षा ज्ञान र विज्ञानको सङ्गम बन्नुपर्छ । यस्तो शिक्षाबाट पाइने ज्ञान वा चेतनाले मानिसलाई कर्तव्य, दायित्व, सद्गुण आदि सिकाउँछ । मानवीय स्वभाव र कर्मलाई सही मार्गमा लाग्न प्रेरित गर्दै कुनै कुराका फाइदा र बेफाइदाको व्याख्या गर्न सिकाउँछ । यसले मानिसलाई नैतिकवान्, सहिष्णु, दक्ष र विवेकशील बनाउन आवश्यक पर्ने नैतिक, सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिन्छ । ज्ञान र विज्ञानले युक्त शिक्षाको आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्ता विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ । त्यस्ता व्यक्तिमा प्रतिकूल परिस्थितिमा शान्त रहने, संवेग र भावनाका विभिन्न अवस्थालाई आफैँ व्यवस्थापन गर्ने र परिस्थितिलाई धैर्यपूर्वक सामना गर्ने विशेषता हुनु जरुरी छ । साथै नेतृत्व गर्ने क्षमता, अनुशासन, सत्य र त्रुटि बुभ्mने क्षमता, निरन्तर सुधार गर्ने क्षमता शिक्षित व्यक्तिमा देखिनु जरुरी छ ।

Solution

Please login to view the answer.