नेपाली ११ र १२ (Nepali 11 or 12)

मधु मालतीको कथा (Madhu Malati ko katha)

१. लोककथामा मधुकर र मालतीको त मिलन भयो तर ' मधु मालतीको कथा' मा शङ्करर गौरीको चाहि किन विछेड भएको होला ? प्रतिक्रिया लेख्नु होस् ।

उत्तरः ' मधु मालतीको कथा ' रमेश विकलद्वारा लेखिएको लोक कथामा आधारित एक उत्कष्ट बाल मनोवैज्ञानिक कथा हो । लोक कथामा राजा मधुकर र रानी मधु मालतीको मिलन भएको छ तर ' मधु मालतीको कथा ' मा शङ्कर र गौरीको मिलन मैन अर्थात बिछोड भएको छ । गोरी एक उच्च वर्गीय परिवारमा जन्मिएकी केटी हो भने शङ्कर निन्न वर्गीय परिवारको भाडकर निन्न वर्गीय परिवारको केटा हो । उनीहरूका परिवारको वर्गीय दरी निकै लामो छ । मधु मालतीको लोक कथामा मधुकर र मालतीको मिलन भएको घटनाबाट केटो ( शङ्कर ) उत्साहित भएर गौरीलाई पनि कल्पनाको घोडामा उडाइ लैजाने योजना बनाउँछ । एउटै टोलमा घर भएका दुई छिमेकी साथीहरू गौरीको परिवारका कारण बिछोडिन पुग्दछन् । शङ्कर बिरामी हुन्छ । मधकर र मालतीको विछोड हुँदा मुरलीले भेट गराएको प्रसङ्ग सम्झेर शङ्करले पनि मुली किनेर ल्याइदिन भन्छ । मुरली बजाउँदा पनि गौरी नआएपछि उसले आमालाई घोडा ल्याइदिन भन्छ । आलूघोडा लिएर गौरीलाई भेट्न जाँदा राक्षस्नी स्वरूपकी गौरीका फुपूले गौरीलाई मोटरमा राख्छिन् । छोटाहरूको टोलमा बस्दा आफू बिग्रने भएकोले आफू बसाइँ सरेको बताउने गौरीको निर्दोष जवाफसँग उनीहरूको विछोड हुन्छ । यसरी सामन्ती समाजका कथित ठुला बडाको धनको घमण्डमा परेर शङ्कर र गौरीको बालमित्रता चैंडिन्छ ।

२ . ' मधु मालतीको कथा ' ले बाल बालिकाका के कस्ता सामाजिक र मनोवैज्ञानिक समस्या उठाएको छ ?

उत्तरः ' मधु मालतीको कथा ' सुप्रसिद्ध कथाकार रमेश विकलद्वारा लेखिएको लोक कथामा आधारित सामाजिक बाल मनोवैज्ञानिक कथा हो । बाल मनोविज्ञानको सफल प्रयोग गरिएको यस कथामा अबोध र निर्दोष बाल बालिकाले समाजका वर्गीय विभेदलाई बुझन छाडेर एक आपसमा मित्रता गाँसेको देखाइएको छ । राजा मधुकरको कथा सुन्दा उत्साहित शङ्कर र परिवारमा पाउन नसकेको बाल वातावरण पाएकी गौरीको मित्रता उसको परिवारलाई पच्दैन र अन्ततः उनीहरूलाई विछोड गराइ दिने मनस्थितिमा पुग्छ । यसले एउटै टोल छिमेकमा बसेर पनि आर्थिक असमानताको कारण सँगै खेल्नसम्म नपाउने हाम्रो सामाजिक आर्थिक समस्यालाई देखाएको छ । यसका साथै समाज , समय , पारिवारिक आर्थिक अवस्थाको कुनै वास्ता नगर्ने र खेलकुदमा रमाउने बाल बालिका एक आपसमा खेल्न नपाएपछि उनीहरूका मनमा उत्पन्न हुने नैराश्यतालाई पनि कथाले सम्बोधन गरेको छ । एक आपसमा छुट्टिनु पर्दाको पीडा महसुस नगराई टुङ्गिएको कथाले समाप्तीपछि पनि मनोवैज्ञानिक समस्या उब्जाएर छोडि दिएको छ ।

३ . बालबालिकाका बिचमा विभेद सिर्जना गर्ने मल कारण समाज नै हो तु , आफ्नो विचार लेख्नु होस् ।

उत्तरः ' मधु मालतीको कथा ' बाल मनोवैज्ञानिक कथा हो । यस कथामा बाल बालिकाको मन कोमल र पवित्र हुन्छ । उनीहरू काँचो माटो जस्तै हुन् । उनीहरूलाई राम्रो , नराम्रो , असल , खराब जे कुरा सिकायो त्यही सिक्छन् र पछिसम्म पनि त्यसैको प्रभाव रहन्छ । उनीहरू जन्मँदा कुनै बालक धनी र गरिब भएर जन्मेको हुँदैनन् । धनी र गरिबको रेखा कोर्ने पनि समाज नै हो । शङ्कर र गौरीका मानसिकतामा उनीहरू समान थिए । सँगै खेल्ने र सुन्दर संसारको कल्पना गर्ने गर्दथे । तर उनीहरूमध्ये शङ्कर गरिब र गौरी धनी हो भन्ने कुराको विभेद गौरीको परिवारले गरेका छन् । यसले शङ्करका मनमा ठूलो चोट पुऱ्याएको छ र आफूलाई कमजोर र गरिब व्यक्ति महसुस गरेको छ । यो भावना उसको जन्मजात भावना नभएर समाजले सिर्जना गरेको विभेद हो । त्यसैले बाल बालिकाको विचमा विभेद सिर्जना गर्ने मूल कारण भनेको समाज नै हो ।

४ . ' मधु मालतीको कथा ' मा व्यक्त विचारप्रति तपाईको सहमति वा असहमति के कर लेख्नु होस् ।

उत्तरः ' मधु मालतीको कथा ' मा धनी परिवारकी छोरी गौरी र गरिब परिवारको टोल शङ्करका बिचको निश्छल बालप्रेम वर्ग विभेदपूर्ण समाजको सामन्ती सोचाइका कारण बिछोड हुन पुगेको छ । असान आर्थिक अवस्था , सामन्तहरूले तल्लो वर्गका व्यक्तिहरूलाई हेर्ने हेय दृष्टिकोण र अपमानजनक व्यवहार जस्ता सामाजिक यथार्थतालाई प्रस्तुत गर्दै कथाकारले त्यस्तो हेपाहा प्रवृत्तिको निन्दा र विरोध गरेका छन् । गरिबका छोराछोरीसँग धनीका छोराछोरीहरू साथी बनेर खेल्न र बोल्न समेत हुँदैन भन्ने सोचाइ राख्ने सामन्तहरूको नीच र छद्र व्यवहारप्रति असहमति व्यस्त गर्दै कथाकारले सामन्तहरूका सोचाइ र क्रियाकलापहरूको निन्दा र बाल प्रेमको । समर्थन गरेका छन् । बाल बालिकाको कोमल भावनामा चोट पुयाउने र धनी र गरिबको कृत्रिम रेखा कोरेर वर्गभेदी कभावना भर्ने जस्ता गलत प्रवृत्तिको कथाकारले घृणा गरेका छन् । बालकको मन मस्तिष्क जहिले पनि पवित्र हुन्छ उनीहरूलाई जहिले पनि सकारात्मक कुराहरू मात्र सिकाउनु पर्दछ , नकारात्मक कुराहरूबाट बाल बालिकालाई सधैं टाढा राख्नु पर्दछ भन्ने विचार व्यक्त गरिएक यस कथाको कथाकारको विचारसँग म सहमत छु ।

 

आइमाई साथी (Prev Lesson)
(Next Lesson) भलादमी (Bhaladmi) – लक्ष्मी प्रसाद देवकोटा
Back to नेपाली ११ र १२ (Nepali 11 or 12)
Notice: compact(): Undefined variable: limits in /home/bhimgautam34/public_html/wp-includes/class-wp-comment-query.php on line 853

Notice: compact(): Undefined variable: groupby in /home/bhimgautam34/public_html/wp-includes/class-wp-comment-query.php on line 853

No Comments

Post a Reply

error: Content is protected !!