नेपाली ११ र १२ (Nepali 11 or 12)

भलादमी (Bhaladmi) – लक्ष्मी प्रसाद देवकोटा

अ ) ' विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ ' भन्नुको तात्पर्य के हो ?

विद्याको सर्टिफिकेट प्रदर्शन गर्ने चिज नभई आवश्यकता पर्दा देखाउने राख्न कोठाको बाकसमा राख्ने हुँदा विद्याको सर्टिफिकेट कोठाको बाका भनिएको हो ।

आ ) उपर्युक्त निबन्धांशमा कस्तो प्रकारको भलादमीलाई चिनाइएको छ ?

उत्तरः उपर्युक्त निबन्धांशमा वास्तविक योग्यता र क्षमता नभएका बाह्य आडम्बर मात्र प्रदर्शन गरी आफूलाई भलादमीका रूपमा प्रस्तुत गर्ने बोके भलादमीलाई चिनाइएको छ ।

इ ) निबन्धकारले कसलाई उत्तम श्रेणीको भलादमी मानेका छन् ?

उत्तरः व्यङ्ग्यात्मक रूपमा निबन्धकारले भलादमीका विभिन्न प्रकारहरू मध्ये आँखीभौंको मसिनो डोरी तथा ओठ र गालाको हल्का लालीपनको कृत्रिम सजावट देखाउनेलाई उत्तम श्रेणीको भलादमीको रूपमा चिनाएका छन् ।

ई ) भलादमीको विशिष्टता के कुराबाट थाहा पाइन्छ ?

उत्तरः समाजमा विभिन्न प्रकारका भलादमीहरू हुन्छन् । तिनीहरू मध्ये भलादमीको विशिष्टता हिँडाइको कला , लच्काइको आकर्षण , हास्यको मिठास , हाउभाउको मिश्रण र बोलीको मधुरता हुन् ।

उ ) यस निबन्धांशको मूल आशय के हो ?

उत्तरः बाहिरी सजावटमा रमाउनु  कृत्रिमताको पछि लाग्ने र शारीरिक आकर्षणले दुनियाँलाई प्रभावित तुल्याउने वास्तविक भलादमीपन नभएर बोक्रो भलादमी मात्र हुन् यस निबन्धांशको मूल आशय हो।


अ ) भलादमीले समाजमा आफ्नो परिचय कसरी बनाउँछ ?

उत्तरः भलादमी समाजसँग सम्बन्ध राख्छ । उसले अरूका आँखालाई झिलिमिली । चमत्कार देखाएर आफूलाई विशिष्ट व्यक्तिका रूपमा परिचय प्रस्तुत गर्दछ ।

आ ) भलादमी र फसा सिद्धको जीवन सम्बन्धी दृष्टिमा के भिन्नता छ ?

उत्तरः फसाको दृष्टिमा बाहिरी संसार ठूलो हो त्यसैले ऊ खानु , पिउनु , हाँस्न , मोजक उडाउन नै जीवनको सार्थकता ठान्छ भने भलादमीले मनको भित्री तहलाई महल दिन्छ । त्यसैले यिनीहरू बिचमा जीवन सम्बन्धी दृष्टिकोणमा भिन्नता रहेको छ ।

इ ) भलादमीले फुस्रा सिद्धका बारेमा कस्तो मान्यता राख्छ ?

उत्तरः भलादमीले फसा सिद्धलाई बस्त्रको चमत्कार नबुझने , जीवनको आनन्द नबुझने । खाने पिउने र मोज गर्ने मानिसको अधिकारको उपयोग नगर्ने पागल हुन् भने । मान्यता राख्छ ।

ई ) निबन्धकारले भलादमी र सिद्ध बाबाका बिचमा के भिन्नता देखाएका छन् ?

उत्तरः निबन्धकारले भलादमी आँखाका अगाडिको बाहिरी संसारलाई महत्त्व दिने । भौतिकवादी चरित्र भएका र सिद्ध बाबाहरू मनको भित्री लोकमा रमाउने । आध्यात्मवादी हुन् भनी दुबैका बिचमा भिन्नता देखाएका छन् ।

उ ) यस निबन्धाशमा व्यक्त भएको भलादमी सम्बन्धी दर्शनको निष्कर्ष के हो ?

उत्तरः यस निबन्धांशमा भौतिकवादीहरू क्षणिक सुख र आध्यात्मवादीहरू नैतिक आदर खोज्दछन । वास्तवमा  यी दुबैमा सत्यता छैन। सत्य यी दुबैको बीचमा रहन्छ भन्नु नै यो निबन्धांशको दर्शन हो।


मधु मालतीको कथा (Madhu Malati ko katha) (Prev Lesson)
Back to नेपाली ११ र १२ (Nepali 11 or 12)

No Comments

Post a Reply

error: Content is protected !!