विज्ञान

बल र ऊर्जा

१. पाठ्य वस्तु गुरुत्वाकर्षण र गुरुत्व बल, गुरुत्व प्रवेग, तौल र पिण्ड स्वतन्त्र खसाइ, तौल विहीनता, नवीकरणीय र अनवीकरणीय ऊर्जा, ऊर्जा सङ्कट र ऊर्जा बचत ।

२. जान्नै पर्ने कुराहरू:

  • कुनैपनि २ ओटा पिण्डहरू बिच एक पिण्डले अर्कोलाई आकर्षण गर्ने बल रहेको हुन्छ । सो गुणलाई गुरुत्वाकर्षण बल (Gravitational force or gravitation) भनिन्छ ।  
  • स्थिर अवस्थामा रहेको वस्तुलाई चालमा ल्याउने वा गतिशील अवस्थामा रहेको वस्तुलाई स्थिर अवस्थामा ल्याउन खोज्ने चेष्टालाई नै बल भनिन्छ । बल नाप्ने एकाइ न्युटन हो ।
  • यदि दुई वस्तुहरूमध्येको एउटा वस्तु कुनै आकाशीय पिण्ड भयो भने तिनीहरूबिचको तान्ने बललाई गुरुत्वबल (gravity) भनिन्छ । गुरुत्वाकर्षण र गुरुत्वबल दुवैलाई न्युटन एकाइमा नापिन्छ ।
  • गुरुत्व बलले गर्दा पृथ्वीमा खस्ने प्रत्येक वस्तुमा प्रवेग उत्पन्न भैरहेको हुन्छ उक्त प्रवेगलाई नै गुरुत्व प्रवेग (acceleration due to gravity) भनिन्छ ।
  • कुनै दुई वस्तुहरूबिच उत्पन्न हुने गुरुत्वाकर्षण बल ती वस्तुका पिण्डको गुणनफलसँग समानुपातिक हुन्छ भने ती वस्तुहरूको केन्द्रहरू बिचको दूरीको वर्गसँग व्युतव्रक्मानुपातिक हुन्छ । यसै नियमलाई न्युटनको गुरुत्वाकर्षण सम्बन्धी विश्वव्यापी नियम भनिन्छ । जसलाई
    F (m1 m21)/d2
    ले समेत जनाउन सकिन्छ । जहाँ m1 र m2 दुई वस्तुहरूका पिण्डहरू हुन भने 'd' ती दुई वस्तुहरू बिचको केन्द्रीय दूरी हो ।
  • वस्तुमा रहेको कुल पदार्थको परिमाणलाई पिण्ड भनिन्छ । पिण्डलाई नाप्ने एकाइ किलोग्राम हो । पिण्ड ठाउँ अनुसार फरकफरक हुँदैन ।
  • वस्तुको पिण्ड र गुरुत्व प्रवेगको गुणनफल नै त्यस वस्तुको तौल हो । तौल ठाउँ अनुसार फरकफरक हुन्छ । तौललाई पनि न्युटन एकाइ मै नापिन्छ ।
  • गुरुत्वाकर्षण क्षेत्रभित्र बिना कुनै अवरोध स्वतन्त्र रूपले वस्तु खस्नुलाई स्वतन्त्र खसाइ भनिन्छ । स्वतन्त्र खसाइका बेलामा वस्तुमा उत्पन्न प्रवेग र त्यस ठाउँको गुरुत्व प्रवेग सधै बराबर हुन्छ ।
  • स्वतन्त्र खसाइका समयमा वस्तुमा तौल शून्य रहन्छ । यस्तो अवस्थालाई नै तौल विहीनता भनिन्छ ।
  •  गुरुत्वाकर्षण अचरमान जहिले पनि 6.67x10-11 Nm2/kg2 हुन्छ ।
  • गणितीय समाधानका लागि सूत्रहरू :  गुरुत्वाकर्षण बल (F)= (Gm1m2)/d2
    • जहाँ,
    • G= गुरुत्वाकर्षण अचरमान
    • m1= कुनै एक वस्तुको पिण्ड
    • m2= अर्को वस्तुको पिण्ड
    • d= दुई वस्तुहरू बिचको केन्द्रीय दूरी 
    • F= गुरुत्वाकर्षण बल
  • पृथ्वीको सतहबाट उचाइ बढेमा गुरुत्व बल वा तौल (W1)= (GMm)/(R+h)2 जहाँ, न्. गुरुत्वाकर्षण अचर ः. ग्रहको पिण्ड m. वस्तुको पिण्ड च्. ग्रहको अर्धव्यास ज. पृथ्वीको सतहबाट उचाइ गुरुत्व प्रवेग द्द ०९ च् न्ःन . जहाँ, न्. गुरुत्व गुरुत्वाकर्षण अचर ः. ग्रहको पिण्ड च्. ग्रहको अर्धव्यास तौलको लागि वैकल्पिक सूत्र वस्तुको तौल mन ध् . ०९ जहाँ, न. गुरुत्व प्रवेग m. वस्तुको पिण्ड
  • कार्य गर्न सक्ने क्षमतालाई ऊर्जा भनिन्छ ।
  • ऊर्जा पाउन सकिने स्रोतलाई ऊर्जाका स्रोत भनिन्छ । ऊर्जाका स्रोतहरू प्राय प्रकृति मै पाइन्छन् । सूर्य ऊर्जाको प्रमुख स्रोत हो । विश्वमा खपत हुने ऊर्जाको ३५ प्रतिशत ऊर्जा आपुर्ति खनिज तेलबाट हुन्छ । विश्वमा उपयोग हुने ऊर्जाको २७ प्रतिशत ऊर्जा कोइलाबाट प्राप्त हुन्छ । ऊर्जाबाटै कलकारखाना, यातायातका साधन, अन्य उपयोगि साधन, टि.भि, कम्प्युटर जस्ता साधनहरू सञ्चालनमा ल्याउन सकिन्छ ।
  • छोटो समयमा पुन उत्पादन गर्न सकिने वा कहिल्यै नरित्तिने ऊर्जाको स्रोतलाई नवीकरणीय ऊर्जाको स्रोत भनिन्छ । जस्तैः सौर्य शक्ति, बायोमास, हावा आदि ।
  • ऊर्जाको स्रोतको प्रयोग गर्दै जाँदा ऊर्जा रित्तिएपछि तुरुन्तै आपूर्ति गर्न नसकिने ऊर्जाको स्रोतलाई अनवीकरणीय ऊर्जास्रोत भनिन्छ । जस्तै ः कोइला, खनिज तेल, प्राकृतिक ग्यास आदि ।
  • अनवीकरणीय ऊर्जाको खपतलाई न्युनीकरण गर्न प्रयोग गरिने नवीकरणीय ऊर्जाको स्रोतलाई ऊर्जाको वैकल्पिक स्रोत भनिन्छ ।
  • दाउरा, बायोमास, बायो ग्यास, पराल, छ्वाली, भूस आदिलाई जैविक ऊर्जा पनि भनिन्छ ।
  • पारमाणविक प्रतिव्रिmया गराइ ऊर्जा उत्पादन गरिने ऊर्जालाई न्यूक्लियर ऊर्जा भनिन्छ ।
  • भूस, काठको धूलो, छ्वालीका टुव्रmाहरू गुइँठा, मेसिनले खाँदेर बनाइएको टुव्रmालाई बायोमास भनिन्छ ।
  • समुद्रमा उत्पन्न हुने ज्वारबाट विद्युत उत्पादन गरी वा अन्य तरिकाले उपयोग गरिने ऊर्जालाई ज्वार ऊर्जा भनिन्छ ।
  • वायुद्वारा शक्ति उत्पादन गरी उपयोग गरिने ऊर्जालाई वायु ऊर्जा भनिन्छ । यो नवीकरणीय ऊर्जा हो ।
  • पृथ्वीको भित्री भागमा अत्यन्त तातो रहेकोले उक्त तापद्वारा ऊर्जा प्राप्त गरी उपयोग गरिने ऊर्जालाई जियोथर्मल ऊर्जा भनिन्छ ।
  • नवीकरणीय ऊर्जाको स्रोत भनेको यस्तो स्रोत हो जहाँ ऊर्जा रित्तिएपछि त्यसको पुनस्र्थापन तुरुन्तै गर्न सकिन्छ । जस्तै ः जलविद्युत ऊर्जा, वायु ऊर्जा, सौर्य ऊर्जा, छाल ऊर्जा आदि ।
  • ऊर्जाको स्रोतलाई मितव्ययी र विवेकपूर्ण ढङ्गले प्रयोग गर्नुपर्दछ । ऊर्जाको नवीकरणीय ऊर्जा बढी उपयोग गरी वैकल्पिक स्रोतको विकास र उपयोग गर्नुपर्दछ । ऊर्जा प्रयोगसम्बन्धी आफुले जानेको कुरा अरूलाई समेत जानकारी गराइ उपयोग गर्नुपर्दछ । माथि उल्लिखित उपाय अवलम्वन गरी ऊर्जा संरक्षण गर्न सकिन्छ ।
  • नवीकरणीय ऊर्जाको प्रयोग, वर्तमान ऊर्जाको कम उपयोग, मितव्ययी र विवेकपूर्ण उपयोग गरी ऊर्जाको वैकल्पिक स्रोतहरूको विकास गरी उपयोग गरेमा भविष्यमा ऊर्जासङ्कट भोग्नु पर्दैन ।
  • सूर्यमा पर्याप्त मात्रामा हाइड्रोजन हुनु, प्रशस्त ताप हुनु र प्रशस्त चाप हुनुले हाइड्रोजनका स्वतन्त्र प्रोटोनहरू निर्माण भई हिलियम परमाणुहरूको निर्माण हुन्छ र यसरी नै प्mयूजन हुने गर्दछ ।
  • जलविद्युत एक नवीकरणीय, प्रदुषण रहित, बहुउपयोगी, सस्तो र प्रयोग गर्न सजिलो वैकल्पिक ऊर्जाको स्रोत हो ।
  • सम्पूर्ण प्राणीहरू जीवित रहन तिनीहरूको शरीरलाई ऊर्जाको आवश्यकता पर्दछ भने तिनीहरूले गर्ने कार्यका लागि पनि ऊर्जा नै चाहिन्छ । 
(Next Lesson) चाप (Presssure)
Back to विज्ञान
Notice: compact(): Undefined variable: limits in /home/bhimgautam34/public_html/wp-includes/class-wp-comment-query.php on line 853

Notice: compact(): Undefined variable: groupby in /home/bhimgautam34/public_html/wp-includes/class-wp-comment-query.php on line 853

No Comments

Post a Reply

Course Curriculum

error: Content is protected !!