नेपाली ११ र १२ (Nepali 11 or 12)

नेपालै नरहे

( १ ) तराईलाई ' सुनको टुक्रा भन्नुको तात्पर्य के हो ?

उत्तरः नेपालको दक्षिणमा रहेको समथर भूमि तराई अन्नको भण्डार हो । धान र पाकेका बेला धानका बालामा सूर्यको किरण पदा सिङ्गो तराई सुन मैं टल्कन्न । त्यसैले तराईलाई ' सुनको टुक्रा ' भनिएको हो ।

( २) ' धर्तीका छोरा ' भनेर कसलाई भनिएको हो ?

उत्तरः माटो र पानीमा परिश्रम गरी आफ्नो जीविकोपार्जन गर्ने नेपाल आमाका वीर सन्तानलाई धर्तीका छोरा भनिएको हो ।

( ३ ) ' माटो र पानी ' पहिलो धन कसरी हुन सक्छ ?

उत्तरः परिश्रमजीवी र पौरखी नेपालीहरूले यहाँको माटो र पानी सम्पत्तिका रूपमा प्राप्त गरेका हुन्छन् । यहाँको माटोमा अन्न उब्जाउँछन् , पानीले सिँचाइ गर्दछन् । त्यसैले माटो र पानी पहिलो धन हुन्छ ।

( ४) ए कहाँबाट हेरौला संसार सन्नबालै नरहे ' भन्नुको नाशय के हो ?

उत्तर आफ्नो देशको आधारबाट नै संसारलाई हेर्न सकिन्छ । आफ्नो देश आँखीझ्याल हा रासैनार संसार हेर्न सकिने हुनाले नेपाल नरही नेपाली भइँदैन भन्ने देशभक्तिपूर्ण  भाव उक्त पङ्कितको आशय हो।

( ५ ) नेपाल नरहे नेपाली किन रहँदैनी ?

उत्तरः हामी नेपाली हुनुमा नेपालको अस्तित्व पहिचानले प्रमुख भूमिका खेलेको छ । नेपालको अस्तित्व जोगिए मात्र नेपाल र नेपालीको पहिचान जोगिन्छ । त्यसैले नेपाल नरहे हामी नेपाली रहँदैनौं ।

( ६ ) ' आकाश छने टाकुरा हाम्रो भेटेर भेटिन्न ' भन्नुको तात्पर्य के हो ?

उत्तरः नेपालमा अग्ला अग्ला टाकुराहरू प्रशस्त छन् । ती सबै टाकुराहरूले आकाश छोएको भान हुन्छ । मेचीदेखि महाकालीसम्म फैलिएका ती टाकुराहरू अग्ला अग्ला भएका कारण ती टाकुरालाई हामी भेट्न सक्दैनौं भन्नु यसको तात्पर्य हो ।

( ७ ) पुर्खाको पौरखी पाइला किन मैटिन्न ?

उत्तरः बाइसे चौबिसे टु्क्रे राज्यमा बाँडिएको र विदेशीले बेला बेलामा आक्रमण गरेका बेला हाम्रा पुर्खाहरूले रगत र पसिना बगाएर लडी देशलाई सुत्रमा बाँध्ने र विदेशीहरूबाट बचाउने काम गरेका कारण हाम्रा वीर पुर्वाको योगदानलाई ( इतिहासलाई ) मेट्न सकिदैन ।

(८) पूर्वको पहिलो उज्यालोले कुन कुराको बोध गराउँछ ?

उत्तरः पूर्व दिशाबाट आएको उज्यालोले हामीलाई ब्युँँझाउँछ। पूर्वीप सस्कृतिको चेतनाबाट ब्युँझिएका हामीले पूर्वको उज्यालोको फाइदा लिनु पर्छ । उज्यालो बिना जागृत हुन र देश बिना नेपाली हुन सकिँदैन भन्ने कुराको बोध पूर्वको पहिलो उज्यालोले गराउँछ ।


९ .' नेपालै नरहे ' गीतको समीक्षात्मक प्रतिक्रिया लेख्ननुहोस् ।

 नेपाल नेपालीहरूको आस्थाको धरोहर हो , हाम्रो जन्मभूमि हो । यस देशका हिमालको उचाइले सम्पूर्ण नेपालीहरूको उचाइ बढाएको छ । हिमाल हिराको टुक्रा र तराई सुनको टुक्रा भएर नेपाल र नेपालीको गौरवलाई सधैंभरि उँचो राखेको छ । नेपाल सांस्कृतिक दृष्टिले पनि उत्तिकै सम्पन्न छ । झ्याली र मादल जस्ता लोक वाद्यले नेपालीहरूको मौलिक संस्कृतिलाई संरक्षित गर्दै आएका छन् । दसैं र तिहार जस्ता चाडपर्व र विभिन्न समयमा गाइने चुड्का र ख्यालीले नेपाली संस्कृतिलाई अझ मौलिक र जीवन्त तुल्याएका छन् । नेपालीहरू अत्यन्त परिश्रमी हुन्छन् । उनीहरू धर्तीको माटोबाट अन्न उब्जाउने गर्दछन् । यति मात्र होइन पुर्खाको गौरव र इतिहासलाई संरक्षित गर्दै राख्नु तथा पूर्वीय सभ्यताको चेतनालाई आत्मसात गर्दै आफ्नो आस्था र अस्तित्वको अभिव्यक्ति र संरक्षण गर्नु नेपालीहरूको मूल पहिचान हो ।

(Next Lesson) छिमेकी
Back to नेपाली ११ र १२ (Nepali 11 or 12)

No Comments

Post a Reply

error: Content is protected !!