नेपाली ११ र १२ (Nepali 11 or 12)

आइमाई साथी

१. ' आइमाई साथी ' निबन्धमा निबन्धकारको कस्तो दृष्टिकोण प्रस्तुत भएको छ ?

उत्तरः ‘ आइमाई साथी ' निबन्ध सुप्रसिद्ध प्रगतिवादी निबन्धकार श्याम प्रसाद शर्माद्वारा लेखिएको एक उत्कृष्ट विचार प्रधान निबन्ध हो । प्रस्तुत निबन्धमा निबन्धकारले आइमाई र पुरुष बराबर हुन् र यिनीहरूको मित्रता अपरिहार्य छ भन्ने दृष्टिकोण अगाडि सारेका छन् । निबन्धकारले आइमाई साथी बनाउने क्रममा भोगेका दुःख र अप्ठ्याराहरूबाट पनि तत्कालीन समाजको पछौटेपनको बारेमा जानकारी मिल्दछ । नारी र पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् । यिनीहरूमध्ये एक अर्काको सहयोग र सद्भावमा नै विकास र प्रगति सम्भव छ । नारीलाई हेर्ने दृष्टिकोणमा सुधार आउनु पर्ने र नारी पुरुषको सम्बन्धलाई नकारात्मक दृष्टिकोणले हेर्न नहुने विचार व्यक्त गरेका निबन्धकार शर्माले विभिन्न उदाहरण र तर्कद्वारा आफ्नो विचारलाई पुष्टि गरेका छन । निबन्धमा बाहिर समानताको नारा लगाउने तर भित्र कोठामा । श्रीमतीलाई बनेर राख्ने व्यक्तिहरू , आफूलाई प्रगतिशील भन्ने चाहने तर घरमा गएकाहरूसँग छोरी चेलीलाई परिचय नगराउने भलादमीहरू र छोरीलाई आएका पत्र लकाइ दिने सङ्कीर्ण विचारका बाबुहरूप्रति व्यङ्ग्य गर्दै यिनैको कारणले हाम्रो समाज पछाडि परेको हो भन्ने दृष्टिकोण व्यक्त गरिएको छ । समाजको अन्धविश्वासी मान्यतालाई अन्त्य गरी नारीलाई सामाजिक , राजनैतिक , आर्थिक क्षेत्रमा सहभागी गराई उनीहरूलाई देश विकासको मूल प्रवाहमा समावेश गर्नु पर्छ । भन्ने दृष्टिकोण निबन्धकारको रहेको छ ।

२. ' आइमाई साथी ' निबन्धको मुख्य आशयका सम्बन्धमा प्रतिक्रियात्मक अभिव्यक्ति दिनु होस् ।

उत्तरः ' आइमाई साथी ' निबन्धकार श्याम प्रसाद शर्माको नारी र पुरुषका कि व्यवहार हुनु पर्दछ भन्ने भाव व्यक्त गरी लेखिएको निबन्ध हो । आत्मसंस्मरण शैलीमा लेखिएको यस निबन्धमा निबन्धकारले एक दिन आफ्ना साथीहरू छन् भनी सम्झन थाल्छन् । बल गरी गरी सम्झदा पनि उनका पन्चानब्बे प्रतिशत परुष साथी र केबल पाँच प्रतिशत मात्र आइमाई साथी भेट्टाउँछन । यह उनलाई निकै चिन्तित तुल्याउँछ । देशको सामाजिक , राजनैतिक परिवर्तनका लागि । आइमाईलाई पुरुष सरह अगाडि नसारी सम्भव छैन भन्ने ठानी उनी आइमाई । साथी बनाउने धुनमा अगाडि लाग्दछन् । निबन्धकार सहर नजिकैको एउटा गाउँमा डेरा गरी बस्थे । उनी दिनहुँजसो सहर जाने गर्दथे । सहर जाने क्रममा छिमेककै एउटी आइमाईसँग उनको चिनजान भयो र सँगै सहर जाने आउने गर्न थाले । तर उनीहरूका बिचको यो मित्रतालाई समाजले पचाएन र अनेक प्रकारका नकारात्मक कुराहरू काट्न थाल्यो । उनीहरू यसबाट बच्नका लागि एक अर्काकोमा आवतजावत कम गर्न थाले । त्यस समयमा उनले त्यसै गाउँका ठिटाहरूलाई जम्मा गरेर पढाउने गर्दथे । ठिटीहरूलाई पनि पढाउन र नेवार भाषा सिक्ने वातावरण बनाउन उनले साथीसँग अनुरोध गरे । त्यसरी समूहमा साथीसँग भेटघाट हुने वातावरण निर्माण गरे । तर गाउँलेहरूले धेरैथोरै कुरा काट्न भने छाडेनन् । त्यसको केही समयपछि उनी काम विशेषले गाउँको कोठा छाडी सहर जानु पर्यो । साथीको पनि विवाह भयो र उनी आफ्नै घरमा गइन् । त्यस पछिको लामो समयसम्म उनीहरूका बिच भेटघाट भएन । एक दिन उनी टँडिखेलमा हिडि रहेका बेला एक युवतीसँग भेट भयो । सुरुमा उनीसँग बोल्न निकै अप्ठ्यारो माने तर अन्तिममा ' तपाईं कहाँसम्म जानु हुने ? ' भन्दा उसले आफ रेडियो स्टेसन भनी र उनलाई पनि सोधी । दुबै सँगै गफ गर्दै सिंहदरबार गेटसम्म गए । अको दिन वर्षायाममा साँझपख फाँटमा हिडि रहेका थिए । गाउँमा पुग्न पन्ध बिस मिनेट साग्दथ्यो पानी पर्न थाल्यो । उनले छाता ओढे र रुझ्दै हिँडेकी युवतीलाई छाता ओउन अनुरोध गर्दा ' चाहिँदैन हामीलाई छातासाता ' भनी अनपेक्षित जवाफ दिइन । उनले आफ्ना जीवनका अनुभवहरू बताउँदै जान्छन् । विभिन्न साहित्यिक कार्यक्रममा भेट भएका , प्रवचन कार्यक्रममा चिनजान भएका र आफैले स्कुलमा पढाएका छात्राहरू बाटोमा भेट्दा नबोलेको देख्दा सिङ्गो शिक्षा पद्धति र किताबी शिक्षाप्रति उसको आक्रोश जन्मन्छ । उनका केही प्रगतिशील साथीहरू छन् । साहित्यिक , राजनीतिक र सामाजिक क्षेत्रमा उनीहरू सँगै काम गर्ने , भाषण गर्ने र लेख रचनाहरू लेख्ने गर्दछन् तर तिनीहरू नै आफ्ना घरमा जाँदा साथीहरूलाई परिवारसँग परिचय गराउँदैनन् । यसलाई उनी नारी स्वतन्त्रताका नाममा गरिने पाखण्डी व्यवहार ठान्छन् । आफ्नी श्रीमतीलाई कोठामा थुनेर ताल्चा मारी सभामा गएर नारी स्वतन्त्रताको प्रवचन दिनेलाई पनि उनी सम्झन पुग्छन् । तराईका दुई जना साथीसँग पत्रमित्रता गरेको कुराको स्मरण गर्दै छोराले चिठी पाउने तर छोरीले चिठी नपाउने गरेको थाहा पाए । बाबुले बाहिरबाट आएको चिठी छोरीलाई दिँदा रहेनछन् । यसरी हाम्रो समाजमा छोरा र छोरीलाई यसरी भेद गरेका कुराले उनी छक्क परे । निबन्धकारले आइमाई साथी बनाउने क्रममा एउटीसँग जीवन साथीको नाता जोडे । निबन्धकारलाई कुनै नाता सम्बन्ध नभएको आइमाई साथीको रहर अझ बाँकी रहेको छ ।

छिमेकी (Prev Lesson)
(Next Lesson) मधु मालतीको कथा (Madhu Malati ko katha)
Back to नेपाली ११ र १२ (Nepali 11 or 12)

No Comments

Post a Reply

error: Content is protected !!