Lesson Archives

  1. २१. सेवा लिन सक्नेः (१) आयोगले यो ऐन र अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान र तहकिकात तथा तत्सम्बन्धी अन्य कारबाही गर्दा आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञ वा विशिष्टीकृत निकायको सेवा प्राप्त गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिमको सेवा प्राप्त गर्न आयोगले सम्बन्धित विशेषज्ञ वा विशिष्टीकृत निकायलाई नियुक्त गर्नेछ र त्यसरी नियुक्ति गर्दा आयोगले त्यस्तो विशेषज्ञ […]
  2. १९. अनुसन्धान र तहकीकात सम्बन्धी आयोगको अधिकारः (१) यस ऐन बमोजिम आयोगले अख्तियार दुरूपयोगको अनुसन्धान र तहकीकात गर्दा देहायका अधिकार प्रयोग गर्न सक्नेछः– (क) कुनै कार्यालय वा कुनै व्यक्तिको साथमा रहेको सम्बद्ध मिसिल वा प्रमाणको लिखत वा अन्य कुनै कुरा आयोगमा पठाउन वा निश्चित समयभित्र आयोगमा पेश गर्न आदेश दिने, वा (ख) अख्तियार दुरूपयोगको आरोप […]
  3. १३. भ्रष्टाचार सम्बन्धी उजुरीः (१) भ्रष्टाचारको सम्बन्धमा कसैको उजुरी वा कुनै स्रोतबाट आयोगलाई प्राप्त भएको जानकारीको आधारमा आयोगले यस ऐन बमोजिम अनुसन्धान र तहकीकात गर्न वा अन्य कारवाई चलाउन सक्नेछ । (२) दफा २९ मा लेखिए देखि बाहेक भ्रष्टाचारको सम्बन्धमा सो कार्य भएको पाँच वर्षभित्र आयोगले कारवाई नचलाएमा सो अवधिपछि त्यस सम्बन्धमा यस ऐन अन्तर्गत […]
  4. ८. अनुचित कार्य सम्बन्धी उजुरीः (१) सार्वजनिक हित वा सरोकारको विषयमा प्रतिकूल असर पर्ने गरी कसैले अनुचित कार्य गरेकोमा जोसुकैले पनि र सो बाहेक अन्य विषयमा अनुचित कार्यबाट प्रतिकूल असर पर्ने व्यक्तिले आयोग समक्ष उजुरी दिन सक्नेछ । तर, अनुचित कार्यबाट प्रतिकूल असर पर्ने व्यक्तिको मृत्यु भैसकेको वा त्यस्तो व्यक्ति शारीरिक वा मानसिक अशक्तताले गर्दा […]
  5. ४. आयोगको अधिकार क्षेत्रः सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिले अख्तियार दुरूपयोग गरेमा आयोगले यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान र तहकिकात गर्ने, मुद्दा चलाउने तथा तत्सम्बन्धी अन्य कारबाही गर्नेछ । तर, (क) संविधानको धारा २३९ को उपधारा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुरामा सोही बमोजिम हुनेछ । (ख) व्यवस्थापिका–संसद वा समितिको बैठकमा भएको […]
  6. १. संक्षिप्त नाम, विस्तार र प्रारम्भः (१) यस ऐनको नाम “अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८” रहेकोछ । (२) यो ऐन नेपाल भर लागू हुनेछ र नेपाल बाहिर जहाँसुकै रहे बसेको भए पनि सबै नेपाली नागरिकलाई लागू हुनेछ । (३) यो ऐन तुरून्त प्रारम्भ हुनेछ । २. परिभाषाः विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस […]
  7. ३०७. संक्षिप्त नाम र प्रारम्भ : (१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ । (२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ । ३०८. खारेजी :     नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।
  8. ३०६. परिभाषा र व्याख्या :   (१) विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस संविधानमा,– (क) “अल्पसंख्यक” भन्नाले संघीय कानून बमोजिम निर्धारित प्रतिशत भन्दा कम जनसंख्या रहेका जातीय, भाषिक र धार्मिक समूह सम्झनु पर्छ र सो शब्दले आफ्नै जातीय, धार्मिक र भाषिक विशिष्टता भएको, त्यसलाई बचाई राख्ने आकांक्षा रहेका, विभेद र उत्पीडन भोगेका समूह समेतलाई जनाउँछ […]
  9. २९५. संघीय आयोगको गठन : (१) प्रदेशको सीमांकन सम्बन्धी विषयमा सुझाव दिन नेपाल सरकारले एक संघीय आयोग गठन गर्न सक्नेछ । (२) धारा ५६ को उपधारा (३) बमोजिमका प्रदेशको नामकरण सम्बन्धित प्रदेश सभाको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट हुनेछ । (३) धारा ५६ को उपधारा (४) र (५) बमोजिम निर्माण हुने गाउँँपालिका, नगरपालिका तथा […]
  10. २७५. जनमत संग्रह सम्बन्धी व्यवस्था  : (१) राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत संग्रहबाट निर्णय लिन सकिनेछ । (२) जनमत संग्रह र तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ । २७६. माफी : […]
error: Content is protected !!